Media Network

सवारी दुर्घटनामा एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१५ भाद्र २०७९,बुधबार

धादिङ।गल्छी गाउँपालिका–७ बुद्धपार्कस्थित सडकमा बागमती प्रदेश ०३–०२–०११ प ५३२७ नम्बरको स्कुटर र ग.१ ख ३४३६ नम्बरको माईक्रो एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही गाउँपालिका–६ बस्ने १८ वर्षीय सविन रिजालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जनालाई थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा पठाइएको छ । 

प्रहरीले माइक्रो चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद