Media Network

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

पर्सा। ठोरी गाउँपालिका–४ सिकारी बाँस पुल नजिक सडकमा प्रदेश २–०३–०११ प १४८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक वीरगंज महानगरपालिका–२ बस्ने ४५ वर्षीय जगदिप विस्टको घटनास्थलमै मृत्यु भएको छ । 

डोटी। बोग्टान फुड्सिल गाउँपालिका–७ फुल्लेढुङ्गास्थित सडकमा सु.प.प्र.०१००२ त ४७७६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने राम बहादुर भुलको १७ वर्षीय छोरा जीवन भुलको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका १ जनालाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद