Media Network

तुइनबाट खसेर महाकालीमा बालक बेपत्ता


खबरस्टोरी संवाददाता

२४ पुष २०७९,आईतवार

दार्चुला।तुइनबाट महाकाली नदीमा खसेर दार्चुलामा एक बालक बेपत्ता भएका छन्।ब्यास गाउँपालिका वडा नम्बर ४ डोकट गाउँ नजिकै महाकाली नदीमा रहेको तुइनबाट १० वर्षीय बालक दीपेन्द्र विष्ट खसेका हुन्।

यो घटना गत बिहीबार (पुस २१) गतेको भए पनि ढिला गरी सार्वजनिक भएको छ। प्रहरीले आफूहरूलाई घटनाबारे ढिला जानकारी आएको बताएको छ।

ती बालक ब्यास गाउँपालिका वडा नम्बर ४ को खाल्नगर गाउँका हुन्। ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले तुइनबाट खसेका बालक बेपत्ता रहेको र खोजी कार्य जारी रहेको बताए।

‘उनकी आमा खर काट्न तुइन तरेर पारि (भारतीय भूमितर्फ)गएकी रहिछन्। आमालाई पछ्याउँदै गएका बालक तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता छन्। 

ती बालक कक्षा ४ मा पढ्ने बताइएको छ। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी गोविन्दप्रसाद भण्डारीले महाकालीमा बेपत्ता बालकको खोजी जारी रहेको बताए।

उनले बेपत्ता बालकको खोजीमा स्थानीयहरू र प्रहरी टोली परिचालन गरिएको जानकारी दिए। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद