Media Network

तराईमा बाक्लो हुस्सु, शीतलहर कम हुँदै


खबरस्टोरी संवाददाता

२४ पुष २०७९,आईतवार

काठमाडौं । आज पनि तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पश्चिम र मध्य तराईका केही भू(भागमा बिहानैदेखि कुहिरोरहुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शीतलहर भने केही कम भएको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य  प्रभाव रहेको छ । जसका कारण आज दिउँसो देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी भू(भाग भने सफा रहेनछ ।

तराईमा आज रातिसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । त्यसपछि भने विस्तारै कम हुने अनुमान महाशाखाको छ ।

महाशाखाका अनुसार सोमबार भने सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू(भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद