Media Network

तराईमा शीतलहर क्रमशः कम हुँदै


खबरस्टोरी संवाददाता

२६ पुष २०७९,मंगलवार

काठमाडौं । तराईको मौसममा केही सुधार आएको छ । दुई सातादेखिको शीतलहर क्रमशः कम हुँदै गएको छ भने धेरैजसो क्षेत्रमा दिउँसोपख हल्का घाम लाग्न थालेको छ । यद्यपि, साँझ बिहान भने हुस्सु र कुहिरो कायमै छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।

राति उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधवार सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद