Media Network

तराईमा दिनभरजसो हुस्सु र कुहिरो लाग्ने


खबरस्टोरी संवाददाता

२१ पुष २०७९,बिहीबार

काठमाडौँ।आज पनि तराईका अधिकांश भु-भागमा दिनभरीजसो हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले तराईका अधिकांश भु-भागमा आज पनि दिनभरि कुहिरो लाग्ने मौसमविद्ले जनाएका छन्।

अझै केही दिन वर्षा हुने सम्भावना छैन।तराईका अधिकांश भागमा हिजोजस्तै हुस्सु लाग्ने सम्भावना छ।

काठमाडौं उपत्यकामा भने हल्का घाम लाग्नेछ। आज काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको छ।

मौसमविद्का अनुसार आज प्रदेश १ को पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतस् सफा रहने छ। प्रदेश १ को हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद