Media Network

धनगढीमा ग्रेडरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु


खबरस्टोरी संवाददाता

१५ मंसिर २०७९,बिहीबार

धनगढी । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा साइकलमा स्कुल जाँदै गरेकी बालिकाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर(पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको  ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको हो।  बालिका साइकलमा स्कुल जादै गर्दा सडकको लेवल मिलाउदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिएको थियो ।

ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको विरोधमा स्थानीय वासिन्दा र विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । विद्यार्थीले धनगढीको मुख्य सडक बन्द गर्दै टायर बालेर नाराबाजी गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद