Media Network

अदालतबाट हतकडीसहित भागेका थुनुवा पक्राउ


खबरस्टोरी संवाददाता

१९ पुष २०८०,बिहीबार

काठमाडौं । प्रहरीले बुधबार जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित फरार भएका थुनुवालाई पक्राउ गरेको छ ।म्याद थपका लागि अदालत लैजाने क्रममा सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी कुमोद ढुंगेलका अनुसार उनलाई आज बिहान काठमाडौंको जडीबुटीबाट पक्राउ गरिएको हो । त्यसअघि उनी डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा पक्राउ परेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद