Media Network

अवैध लागूऔष सहित पक्राउ


खबरस्टोरी संवाददाता

१३ पुष २०७९,बुधबार

कैलाली। गोदावरी नगरपालिका– २ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु ९ केजी ३ सय ४० ग्राम सहित बझाङ् दुर्गाथली गाउँपालिका–७ काँडा बस्ने ३६ वर्षीय यम राज दौल्याललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले होटल तलासी गर्दा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

उदयपुर, त्रियुगा नगरपालिका–३ मोतिगडा चाँप बस्ने ६० वर्षीया भद्रश्वरी राईलाई अवैध लागूऔषध गाँजा करिब २ केजी सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

दार्चुला, दुँहु गाउँपालिका–४ घर भई हाल महाकाली नगरपालिका–४ स्थित महादेव खुद्रा पसल संचालन गर्दै आएका ७० वर्षीय बिर सिंह लोथ्याललाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ केजी ८ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगडबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा लुकाई राखेको उक्त परिमाणको पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद