Media Network

अवैध लागूऔषध सहित छ जना पक्राउ


खबरस्टोरी संवाददाता

११ पुष २०७९,सोमबार

बाँके। नेपालगंज उपमहानगरपालिका–४ बसपार्कस्थित एक होटलबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित दाङ घोराही उपमहानगरपालिका–३ बस्ने २७ वर्षीय सागर जिसि समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा बसेका उनीहरूले अवैध लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

कञ्चनपुर भिमदत्त नगरपालिका–१८ निम्बुखेडाबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्राम १५ मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुरेन्द्र बम र १८ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले शंका लागि उनीहरूको शरिर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । 

पर्सा, पटेर्वासुगौली गाउँपालिका–४ बाट अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित भारत बिहार पुर्वी चम्वारण मोतिहारी बस्ने २५ वर्षीय सानु कुमार पासवानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले बीआर ०५ एन ७१०३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाजाँ सहित फेला पारी मोटरसाइकलमा सवार सानु कुमारलाई पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद