Media Network

अवैध लागूऔषध सहित पक्राउ


खबरस्टोरी संवाददाता

८ भाद्र २०७९,बुधबार

दाङ। तुलसीपुर उपमहानगरपालिका–५ उद्योग वाणिज्य टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५२ पत्ता सहित सोही ठाउँ डेरा गरी बस्ने तुलसीपुर उपमहानगरपालिका–६ घर भएका २४ वर्षीय जनक बुढाथोकी समेत ४ जनालाई मंगबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले बुढाथोकीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

झापा, हल्दिबारी गाउँपालिका–४ जलथलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ७ ग्राम ९ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय जेमिल महमदलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उक्त घटनाको अनुसन्धानको क्रममा हल्दिवारी गाउँपालिका–४ बाट मे.६ प ५६१९ नम्बरको स्कुटर र नगद ७९ हजार रूपैयाँ सहित विर्तामोड नगरपालिका–५ बस्ने २५ वर्षीय अर्जुन राजवंशी र अन्य १ जनालाई प्रहरीले नियन्त्रण लिएको छ । 

चितवन, भरतपुर महानगरपालिका–१० दिवान रेष्टुरेन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय ४० मिलिग्राम सहित सोही महानगरपालिका–९ बस्ने ३५ वर्षीय रत्न बहादुर प्रजापतीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद