Media Network

अवैध लागूऔषध सहित पक्राउ


खबरस्टोरी संवाददाता

१९ मंसिर २०७९,सोमबार

सर्लाही।मलंगवा नगरपालिका–४ शिवसागर चोकबाट अवैध लागूऔषध गाँजा २ केजी ५ सय ग्राम सहित लालबन्दी नगरपालिका–५ बस्ने २० वर्षीय हिमाल पाण्डेय समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले प्रदेश २–०२–००३ प १७०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद