Media Network

अवैध लागूऔषध सहित पक्राउ


खबरस्टोरी संवाददाता

१२ पुष २०७९,मंगलवार

सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब १ ग्राम ९० मिलिग्राम सहित सोही नगरपालिका–८ बस्ने १८ वर्षीय किशोर सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित दिदी बहिनी कटेजमा अवैध लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा विमानस्थल सुरक्षा गार्ड सुर्खेत  र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट  खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

मोरङ, रंगेली नगरपालिका–४ चोप्राहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित  पथरी शनिश्चरे नगरपालिका–४ बस्ने १९ वर्षीय प्रदिप दर्जिलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गेलीबाट खटिएको प्रहरीले को.१९ प ६६३ नम्बर स्कूटरमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

सिन्धुली, गोलन्जोर गाउँपालिका–७ बाट अवैध लागूऔषध कोरेक्स जस्तो देखिने पदार्थ १ लिटर सहित सर्लाही हरिवन नगरपालिका–१० बस्ने ३३ वर्षीय पूर्ण बहादुर घिमिरेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीबाट खुर्कोटतर्फ आउँदै गरेको बागमती एएए ६८०९ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

रूपन्देही, सिद्दार्थनगर नगरपालिका–१ कोटहीमाई गल्लीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १५ मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही सिद्दार्थनगर नगरपालिका–१ वेलहिया बस्ने २२ वर्षीय साहदेव हरिजन र सोही ठाउँ बस्ने ३२ वर्षीय जगदिस हरिजन रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलहीयाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ एस २०८९ नम्बरको मोटरसाइकललाई जाँच गर्न क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद