Media Network

भन्सार छलेर ल्याएको सामान बरामद


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

कठमाडौँ। भन्सार छलेर वीरगञ्जबाट काठमाडौं ल्याएको सामान प्रहरीले बरामद गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ स्थित त्रिभुवन पार्कबाट ३ ट्रक सामान बरामद गरिएको हो ।

भन्सार छलेर ल्याएका कपडा, किराना सामग्री, स्टेशनरी र मोटरसाइकलका पाटपुर्जा र भाँडा वर्तन बरामद गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडाीले जनाएको छ । 

 बरामद गरिएको सामान राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी मैनालीले जानकारी दिए ।सो सामान ना.६ ख. ८९ नम्बरको ट्रक, ना.६ ख. ७१ नम्बर र ना.७ ख. ९३२ नम्बरको ट्रकमा लोड गरेर वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो । 

ट्रक चालक र सहचालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद