Media Network

भन्सार घोषणा नभएका मोबाइल आजबाट नचल्ने


खबरस्टोरी संवाददाता

१५ पुष २०७९,शुक्रबार

काठमाडौँ।भन्सार घोषणा नभएका मोबाइल आजदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास बिना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने जनाएको हो ।


 मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडिएमएस लागू गरेको जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद