Media Network

भारतको जोगबनीमा एक नेपाली युवकमाथि गोली प्रहार


खबरस्टोरी संवाददाता

२५ मंसिर २०८०,सोमबार

विराटनगर । भारतको जोगबनीमा विराटनगरका एक युवकमाथि गोली प्रहार भएको छ ।आइतबार साँझ भारतीय सीमाक्षेत्र नजिकै जोगबनीमा विराटनगर–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो ।

बायाँ खुट्टामा गोली लागेका घाइते संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो ।

उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको उनले बताए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद