Media Network

भारतीय सेना प्रमुख पाण्डे नेपाल आउने


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौँ।भारतीय सेना प्रमुख मनोज पाण्डे भदौ १९ मा नेपाल आउने भएका छन्। गत वैशाख सेना प्रमुख भएपछि पाण्डे पहिलो पटक नेपाल आउन लागेका हुन्।

काठमाडौंमा पाण्डेले नेपाली सेनाका अधिकारीहरूसँग द्विपक्षीय वार्ता गर्ने छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको पदवी पनि प्रदान गर्नेछिन्।

नेपाल र भारतमा एक–अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने परम्परा छ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद