Media Network

भरुवा बन्दुक सहित पक्राउ


खबरस्टोरी संवाददाता

१२ भाद्र २०७९,आईतवार

दाङ। गढवा गाउँपालिका–७ स्थित ज्योती सामुदायिक वनबाट १ थान एकनाले भरुवा बन्दुक, करिब १ सय ग्राम बारुद,  ४ थान केप, १९ वटा फलामको गोली र १ सय २६ वटा फलामको छर्रा सहित राजपुर गाउँपालिका–१ बस्ने ४२ वर्षीय राम बहादुर चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद