Media Network

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ


खबरस्टोरी संवाददाता

१५ पुष २०७९,शुक्रबार

काठमाडौं।बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१७ धोबिचौर बस्ने ७५ वर्षीय राममान श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ भदौ १७ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा ५ दिन कैद र १४ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१७ धोबिचौरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।

यसैगरी  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने ४२ वर्षीय बद्री बोहरालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ मंसिर १८ गते फैसलाले ४ दिन कैद, ११ लाख ६० हजार रूपैयाँ जरिवाना र ४६ हजार ४ सय रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाईएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद