Media Network

बीमा रकम दाबी गर्ने षडयन्त्र रचेर चालक र सहचालक मिलेर आफैले टिप्परमा आगो लगाएपछि


खबरस्टोरी संवाददाता

७ भाद्र २०७९,मंगलवार

काठमाडौं । बीमा रकमको लोभमा आफ्नै टिप्परमाथि आफैले आगजनी गरेका छन् ।

 विप्लबले मंगलबार आह्वान गरेको नेपाल बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका हुन् ।आफ्नै चलाउदै आइरहेको रा १ ख १६९४ नम्बरको टिप्परमा चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । उनीहरुले घोराही–लमही सडकखण्डको बबई खोला पुलमा टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको बताइएको छ । गाडी मालिकको पनि खोजी भइरहेको र बीमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको प्रहरीले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद