Media Network

चामलको कालोबजारी गरेको अभियोगमा पक्राउ


खबरस्टोरी संवाददाता

१५ भाद्र २०७९,बुधबार

रौतहट।चामलको कालोबजारी गरेको अभियोगमा गौर नगरपालिका–१ रामजानकी धर्मशालास्थित चामल पसल गरी बस्ने भारत विहार सितामढी बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्र प्रसाद गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

राजेन्द्रले ईण्डियन ब्राण्डेड बोरामा लोकल कमसल चामल प्याकिङ गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्ने क्रममा ३ सय ४२ बोरा लोकल चामल, १ सय २० थान खाली बोराहरू र १ थान बोरा सिलाउने मेसिन फेला पारी उनलाई पक्राउ गरेको हो । 

उक्त पसल सिलबन्दी गर्नुका साथै उनी उपर कालोबजारी मुद्दामा जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद