Media Network

मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु


अञ्जन बस्नेत

७ भाद्र २०७९,मंगलवार

धनगढी ।कैलालीको धनगढी उपमहानगरपालिका १३ राजपुर चोकमा गएराती चौपायसंग ठोकिएर दम्पती सवार मोटरसाइकल पल्टिदा श्रीमानको मृत्यु भएको छ । भने श्रीमती घाइते भएकी छिन् ।

 धनगढी उपमहानगरपालिका १३ हिमाली टोल बस्ने ३०  बर्षीय गंगा बोगटी र उनकी ३४ बर्षीया श्रीमती शर्मिला राई गएराती सवा १० बजे, दुर्घटनामा परेका थिए । घाइते भएका दम्पतीलाई उपचारको लागी निसर्ग अस्पताल धनगढी पठाइएकोमा उपचारको क्रममा गंगाको भने राती पौने ११ बजे, मृत्यु भएका हो । 

अत्तरियाबाट धनगढी तर्फ आँउदै गरेको सुदुर पश्चिम प्रदेश ०१–०११ प ३८१६ नम्बरको मोटरसाइकल गएराती सवा १० बजे, चौपायासंग ठोकिएर पल्टिएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद