Media Network

डोल्पामा १४ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ


खबरस्टोरी संवाददाता

१८ मंसिर २०७९,आईतवार

काठमाडौं । डोल्पामा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ठूलीभेरी नगरपालिका–५ का २६ वर्षीय कुमार बुढा छन् । शनिबार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

गएको बुधबार बुढाले ती बालिकालाई स्थानीय लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीचौकी माझफालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद