Media Network

एमसीसी विरुद्ध परेको मुद्दामा सरकारका नाममा कारण देखाउ आदेश जारी


खबरस्टोरी संवाददाता

१८ पुष २०८०,बुधबार

काठमाडौँ।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध परेको मुद्दामा सरकारका नाममा कारण देखाउ आदेश जारी भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उक्त मुद्दामा कारण देखाउ आदेश जारी गर्दै छलफलमा झिकाउनका लागि अन्तरिम आदेशसमेत जारी गरेको छ ।
वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारी, अधिवक्ता स्वागत नेपाललगायतले एमसीसी खारेजीको मागसहित सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए ।
एमसीसी नेपालको सार्वभौमसत्ताको विरुद्धमा रहेको उनीहरुको जिकिर छ ।
एमसीसी परियोजनाले नेपालको दीर्घकालीन हितमा असर पुर्याउने भएपनि संसद् त्यसलाई संविधानको भावना विपरीत स्वीकार गरेको र एमसीसी परियोजना खारेजीको माग राखी सर्वोच्चमा मुद्दा परेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद