Media Network

एनआईएमबी बैंकका सहायक म्यानेजरमाथि दुर्गा प्रसाईं समर्थकको अभद्र व्यवहार


खबरस्टोरी संवाददाता

१९ मंसिर २०८०,मंगलवार

काठमाडौं । झापामा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी)का सहायक म्यानेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईंका समर्थकले अभद्र व्यवहार गरेका छन् ।लोनको विषयबारे छलफल गर्नुपर्ने भन्दै प्रसाईं समर्थक देवी संग्रौलासहितको समूहले पनेरुलाई बैंकबाट जबरजस्ती बोलाएर  चिया पसल लगि अभद्र व्यवहा। गरेका हुन्।

त्यहाँबाट समातेर उनलाई झापास्थित प्रसाईंको अस्पताल बीएण्डसीमा लैजान खोज्दा जान नमान्दा अभद्र व्यवहार गरेका थिए । सो घटनापछि प्रहरीले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ । 

कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेश बास्तोलाका अनुसार अहिले दुवै पक्षबीच छलफल भइरहेको छ ।

“अहिले छलफल भइरहेको छ । हामीले घटनाबारे समेत बुझिराखेका छौँ । विवाद के कारणले भएको हो, जबरजस्ती गर्न खोजिएको हो कि छलफल मात्रै हो,” डीआईजी बास्तोलाले भने । 

बैंकका कर्मचारीमाथि जबरजस्ती गर्न खोजिएको देखिए कानुनी कारबाही हुने उनको भनाइ छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद