Media Network

एनसेलको सेयर खरिद–बिक्रीविरुद्ध अनेरास्ववियुको प्रदर्शन


खबरस्टोरी संवाददाता

१९ मंसिर २०८०,मंगलवार

काठमाडौं । एनसेलको सेयर खरिद–बिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ । मंगलबार काठमाडौंस्थित एनसेल कार्यालयअगाडि नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरुले  प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले ‘एनसेलको आयव्यय सार्वजनिक गर’, ‘एनसेललाई राष्ट्रियकरण गर’, ‘विवादास्पद एनसेल सेयर बिक्रीको छानबिन गर’, ‘नो ट्याक्स, नो सिम’, ‘रिजेक्ट एनसेल’, ‘माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्ना माग पूरा नभए एनसेलका गाडीहरू समेत चल्न नदिने चेतावनी दिए ।

एनसेलको ८० प्रतिशत सेयर नेपालबाहिरै बिक्री भएपछि विभिन्न टीकाटिप्पणी भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद