Media Network

एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर


खबरस्टोरी संवाददाता

१० पुष २०७९,आईतवार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएसँगै बर्खास्तीमा परेका छन्।

उनलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले दोषी ठहर गरको हो। विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्चले यही पुस ५ गते यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

उनीमाथि प्रहरी नायव उपरीक्षकका रुपमा रुपन्देहीमा २०७० सालमा कार्यरत रहेका बेला भ्रष्टाचार आरोपसहित अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । साथै लागुऔषधसम्बन्धी मुद्दामा घुस लिएको आरोप पनि उनलाई लागेको थियो।

यही प्रकरणमा यादवसहित प्रहरी हवल्दार ढकबहादुर गुरुङ जोडिएका थिए। यो मुद्दासँगै उनीहरु निलम्बित भएका थिए। तर यो मुद्दामा उनीहरुलाई विशेष अदालतले सफाइ दिएको थियो। त्यसपछि अख्तियार यो मुद्दा लिएर सर्वोच्च पगेको थियो। सर्वोच्चले यो फैसला दिएको २ दिनसम्म यादव प्रहरीमै कार्यरत थिए। उनलाई प्रहरीले बिहीबार सेवाबाट हटाएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद