Media Network

फिर्ता भयो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट


खबरस्टोरी संवाददाता

१० मंसिर २०८०,आईतवार

काठमाडौं । राजतन्त्र पुनःस्थापनाको अभियानमा रहेका व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ ।

गत शुक्रबार दोस्रो दिनको आन्दोलन गर्न लाग्दा प्रसाईं घरमै नजरबन्दमा परेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए ।

उक्त रिट न्यायाधीश कुमार चुडालको इजलासमा बहस हुँदै गर्दा प्रसाईं खुल्ला रुपमा भाषण गरिरहेको प्रसंग उठेपछि वरिष्ठ अधिवक्ता भण्डारीले रिट फिर्ता लिएका हुन् ।

“त्यो रिट नजरबन्दको अवस्थामा दायर भएको थियो । अहिले त्यो अवस्था रहेन, त्यसैले फिर्ता भएको छ,” वरिष्ठ अधिवक्ता भण्डारीले भने, “अब त्यो मुल्तबीमा जान्छ । त्यसमा केही हुँदैन ।”

प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश चुडालको इजलासको एक नम्बरमा परेका थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद