Media Network

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा पेसी सूचीको पहिलो नम्बरमा


खबरस्टोरी संवाददाता

२२ पुष २०७९,शुक्रबार

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा पेसी सूचीको १ नम्बरमा परेको छ।मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा हुन लागेको हो।

इजलासमा कार्कीका साथै न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र अनिलकुमार सिन्हा छन्।

नागरिकता तथा राहदानीको विषय उठाउँदै दायर रिटमा निवेदक र प्रतिवादी दुवै पक्षबाट बहस हुनेछ।

बहसपछि इजलाजसले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ।

अन्तरिम आदेश जारी भएको खण्डमा लामिछाने सांसदका साथै मन्त्री पदबाटसमेत हट्नुपर्ने हुन्छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद