Media Network

७७७ ग्राम सुन सहित भारतीय नागरिक पक्राउ


खबरस्टोरी संवाददाता

७ भाद्र २०७९,मंगलवार

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। ७७७ ग्रामसुन सहित भारतीय नागरिक पक्राउ परेका हुन्। 

उनी पश्चिम विहारका ३४ वर्षीय विकास महाजन रहेका छन् ।

सारजाह एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीलाई त्रिभुवन विमानस्थल विशेष सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट मंगलबार पक्राउ गरेको हो ।

प्रहरीले विकासको साथबाट ७७७ ग्राम तौल बराबरको १ थान सुन र ५ सय दरका भारतीय १९ हजार ५०० रुपैंयाँ बरामद गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद