Media Network

हत्यामा उनकै छोरा र ज्वाइँ संलग्न,दुई सुटर पक्राउ


खबरस्टोरी संवाददाता

२० पुष २०७९,बुधबार

जनकपुरधाम । धनुषा मुखियापट्टी मुसहरनिया–३ का ४० वर्षीय धानुक दासको हत्यामा संलग्न दुईजना सुटरलाई प्रहरीले सार्वजनिक गरेको छ ।मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ३ का ४० वर्षीय दासको हत्या अभियोगमा प्रहरीले उनकै छोरा र ज्वाइँसहित ३ जनालाई पक्राउ गरेको हो। एक जना फरार रहेको प्रहरीले जनाएको छ। 

दास हत्या आरोपमा प्रहरीले उनका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र एक जना सुटर धनुषाको नगराइन नगरपालिकास्थित जटहीका रञ्जित यादव र भारत विहार राज्यको खजुलीका आकाश भनिने सोनु मिश्रा पक्राउलाई प्रहरीले पक्राउ गरेको हो। दासका ज्वाइँ उदय मधेश प्रहरी कार्यालय जनकपुरमा चालक पदमा कार्यरत व्यक्ति हुन्।

 उनीहरुलाई मंगलबार राति सीमावर्ती क्षेत्रबाट प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साह र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।

घरकै किराना पसलमा बसिरहेका दासमाथि यादव र मिश्राले पुस ९ गते साँझ अन्धाधुन्ध गोली हानेका थिए । गोली लागेर घाइते दासको उपचारका लागि जनकपुर पु¥याउन नपाउँदै मृत्यु भएको थियो ।

हत्यामा संलग्नमा मृतकका छोरा र ज्वाँइ पनि मुछिएका छन् ।प्रदेश प्रहरी कार्यालयका एक अधिकारीले दिएको जानकारी अनुसार सुटर यादव र मिश्रालाई दासका छोरा प्रदीप दासले ५ लाख सुपारीको डिल गरेका थिए ।

 उनीहरूले तीन लाख बुझिसकेको र दुई लाख दिन बाँकी रहेको बताइएको छ ।

सुटरसँग मृतक दासका छोरालाई डिल गराउने व्यक्ति उदय दास हुन् । मृतकका नातामा ज्वाइँ पर्ने उदय प्रदेश प्रहरी कार्यालय एमटी शाखाका हवलदार हुन् । हवलदार उदयमार्फत नै सुटरले तीन लाख रूपैयाँ लिएको पनि खुलेको छ ।

प्रदीप मृतक दासको जेठी श्रीमतीतर्फका छोरा हुन् । सम्पत्तिकै विवादका कारण उनले हवलदार उदयको सहयोगमा सुटर खोजेर बुवा धानुकको हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न हवदार उदय, मृतकका छोरा र श्रीमतीलाई समेत नियन्त्रणमा लिइसकेको छ । उनीहरूमाथि थप अनुसन्धान तथा कारबाही धनुषा प्रहरीले अगाडि बढाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद