Media Network

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


खबरस्टोरी संवाददाता

१२ भाद्र २०७९,आईतवार

दाङ। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बबई गाउँपालिका–५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अधिकारीले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद