Media Network

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


खबरस्टोरी संवाददाता

१४ भाद्र २०७९,मंगलवार

झापा।१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका–३ बस्ने ४७ वर्षीय चित्र बहादुर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

चित्र बहादुरले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद