Media Network

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


खबरस्टोरी संवाददाता

७ मंसिर २०७९,बुधबार

भक्तपुर।७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिबास ढुङ्ग्रे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ सिरूटार बिरूवा बस्ने १९ वर्षीय निशान तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई निशानले कात्तिक २८ गते दिउँसो आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दाङ, ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका–२ बाघमारे बस्ने ४० वर्षीय नवराज डाँगीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सोही ठाउँस्थित बाँसको झाडीमा लगी नवराजले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद