Media Network

जंगी अड्डामा प्रधान सेनापतिको कासन, व्यक्तिगत स्वार्थका लागि सङ्गठनविरुद्ध लाग्ने माथि कारबाही हुन्छ


खबरस्टोरी संवाददाता

१९ मंसिर २०८०,मंगलवार

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले संगठनविरुद्ध लाग्ने प्रतिबद्ध अन्त्य गर्न आफू कटिबद्ध रहेको बताएका छन् ।गण र गुल्मका कमान्डरका लागि आयोजित ओरिन्टेसन कार्यक्रममा शर्माले व्यक्तिगत स्वार्थलाई लिएर सङ्गठन प्रतिकुल गतिविधि गर्नेलाई कारबाही हुने चेतावनी दिए । उच्च ओहोदाका अधिकृत विवादित बनेपछि नेपाली सेना अहिले चर्चामा छ । जन्ममितिमा कैफियत देखिएपछि रथीमा सिफारिस भएका ताराध्वज पाण्डेले हालै सेवाबाट राजीनामा दिएका थिए ।

पछिल्लो समय विभिन्न सञ्चार माध्यमलाई प्रयोग गरेर नेपाली सेनाका कामकारबाही, नियमित सञ्चालन प्रक्रिया लगायत विषयमा अनर्गल प्रचार भइरहेको भन्दै उनले विधि, पद्धति र प्रक्रिया विपरीत कसैसँग सम्झौता नगर्ने बताए ।

पछिल्लो समयमा विभिन्न सञ्चार माध्यमहरूको दुरुपयोग गर्दै नेपाली सेनाका कामकारबाहीहरू, यसको नियमित सञ्चालन प्रक्रिया लगायतका विषयमा अनर्गल प्रचारबाजी भइरहेकोतर्फ सकल दर्जालाई सचेत रहन निर्देशित गर्दै प्रधान सेनापतिले संस्थागत हित नै आफ्नो एक मात्र स्वार्थ रहेको र विधि, पद्धति तथा प्रक्रिया विपरीत कसैसँग कुनै सम्झौता नगर्ने कुरा बताएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रधान सेनापति शर्माले भने, ‘असङ्ख्य सिपाहीहरूको रगत पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्था भित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थ सिद्ध गर्ने दुराशयले प्रेरित भई त्यस किसिमको कार्य गर्नेहरूको दुष्प्रयासले नेपाली सेना कमजोर हुने छैन ।’

प्रधान सेनापतिले आफ्नो र प्रधानमन्त्रीकोबीचमा गोप्य सम्झौता भएको, विशेष परिस्थितिमा भर्ना भई विशेष ढङ्गले पदोन्नति भएको र निर्धारित योग्यता नपुगेको व्यक्तिलाई प्रधान सेनापति बनाउन भूमिका तयार गरेको, कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने गरी काम गरिदिएबापत राजदूतको नियुक्तिमा जान लागेको जस्ता व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टाले भरिएका दुष्प्रचार पूर्णतः गलत रहेको बताएका छन् ।

रिक्त रथी दर्जामा पदोन्नति प्रक्रिया शुरु भएसँगै सम्भावित उम्मेद्वारहरुको उमेर, शैक्षिक योग्यता आदिलाई विषयवस्तु बनाई अतिरञ्जित तवरले प्रचारबाजी भएको समेत प्रधान सेनापतिले बताएका छन् ।

त्यसक्रममा उनले शैक्षिक प्रमाणपत्र, नागरिकता जस्ता कागजातहरू आवश्यकता अनुसार सम्बद्ध निकायहरूबाट यकिन गरेर मात्र जङ्गी अड्डाले कारबाही अघि बढाउने गरेको बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद