Media Network

विभिन्न स्थानबाट १८ जना जुवाडे पक्राउ


खबरस्टोरी संवाददाता

८ भाद्र २०७९,बुधबार

काठमाडौं। गोकर्णेश्‍वर नगरपालिका–८ बेशीगाउँबाट जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने ३६ वर्षीय भोला तिमिल्सेना समेत ११ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १८ हजार २ सय ५० रुपैयाँ र एक बुक तास सहित पक्राउ गरेको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद