Media Network

झण्डै २० किलो सुनसहित सुडानी नागरिक विमानस्थलबाट पक्राउ


खबरस्टोरी संवाददाता

१० पुष २०७९,आईतवार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २० केजी सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षका सुडानी नागरिक रहेका विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उनको झोलाबाट १९ केजी ९ सय ग्राम सुन बरामद भएको थियो । एकै व्यक्तिले ठूलो मात्रामा सुन ल्याएको यो पहिलो घटना भएको भन्सार कार्यालयको दाबी छ ।

उनी फ्लाइ दुबइको विमानबाट विमानस्थलमा अवतरण गरेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद