Media Network

७४ किलो गाँजासहित ५ जना पक्राउ


खबरस्टोरी संवाददाता

२५ मंसिर २०८०,सोमबार

काठमाडौं । मकवानपुरबाट ७३ किलोग्राम र पाल्पाबाट १ किलोग्राम गरी जम्मा ७४ किलोग्राम अवैध लागूऔषध गाँजासहित ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट पक्राउ पर्नेमध्ये भारत मोतिहारी बस्ने २४ वर्षीय भुषन कुमार र १५ वर्षीय किशोर रहेका छन् । डिएल ४३ एनबी ५९९४ नम्बरको भारतीय गाडीमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले गाँजा करिब ४७ केजीसहित पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चुरियामाई मन्दिर नजिकबाट पक्राउ पर्नेमा चितवन भरतपुर नगरपालिका–२७ बस्ने ४२ वर्षीय रोशन दमाई र खैरहनी नगरपालिका–१६ बस्ने ५२ वर्षीय डियन महतो रहेका छन् । बा।१४ प ३७०८ नम्बरको कारमा सवार उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले करिब २६ केजीसहित पक्राउ गरेको हो ।यस्तै, पाल्पा, रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारबाट पक्राउ पर्नेमा रूपन्देही सैनामैना नगरपालिका–९ बस्ने २२ वर्षीय दिपक सुनार रहेको प्रहरीले जनाएको छ । उनलाई अस्थायी प्रहरी पोष्ट बेलबासबाट खटिएको प्रहरीले अवैध लागूऔषध गाँजा करिब १ केजीसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद