Media Network

क्रोएसिया पठाईदिन्छु भनी ठगी गर्ने पक्राउ


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौं। क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा य उत्सव दाहाललाई बुधबार पक्राउ परेका छन । मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई बुधबारे पक्राउ परेको हो। ।

वैदेशिक रोजगारीको लागि क्रोएसियाको कृषि फर्ममा मासिक १ लाख सम्म तलब हुनेगरी काम लगाईदिन्छु भनी विश्वास दिलाई पीडितबाट ६ लाख २४ हजार रूपैयाँ ठगी गरेका दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद