Media Network

कैदी फरार भएपछि सुरक्षा प्रमुखको जिम्मेवारी खोसियो


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौं । नख्खु कारागारका एकजना कैदी फरार भएपछि सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको छ । नेपाल प्रहरीको अनाश्रित प्रहरी गुल्मका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थपलियालाई जिम्मेवारीबाट हटाइएका हो् ।

हत्कडीसहित कैदी भागेपछि सुरक्षा कमजोरी देखिएकाले उनलाई जिम्मेवारीबाट हटाइएको हो।

नख्खु कारागारको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्स्पेक्टरको नेतृत्वमा टोली खटिन्छ । भित्री सुरक्षामा सशस्त्र प्रहरी रहन्छ भने बाहिर नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने गर्छ ।


नेपाल प्रहरीको टोलीले बुधबार कारागारका कैदी रामेछापका ३१ वर्षका भोला बुढाथोकीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगेको थियो । त्यसक्रममा दुईजना प्रहरी उनको साथमै रहेका बेला बुढाथोकी फरार भएका थिए ।

उपचार गर्नका लागि एकातिरको हत्कडी खोलेका बेला उनी भागेका थिए।

बुथाथोकी कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका व्यक्ति हुन् । उनले ९ वर्ष जेल सजाय काटिसकेका थिए । उनको आँखामा समस्या देखिएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद