Media Network

५० लाख रकम लिएर फरार भएका नेपाल बैकका म्यानेजर खोज्दै परिवार र प्रहरी


खबरस्टोरी संवाददाता

२२ श्रावण २०७९,आईतवार

रुपन्देही । अपराधका विविध शैलीहरुमध्येमा पनि जसले आम रुपमा सर्वसाधारणहरुको सेवा सुविधाको लागी आर्थिक रुपमा सबल बनाउन बैकिगं प्रणालीको माध्यमबाट रकम उपलब्ध गराई सेवा प्रवाह गर्दछ उही नै अपराध गरेर फरार रहेको घटना विरलै सुन्न पाईन्छ, तथापी नेपाल बैंक लिमिटेड बर्दिया गुलरिया शाखाका प्रबन्धक धबेन्द्र न्यौपानेले रकम हिनामिना गरी सम्पर्कविहीन भएपछि केन्द्रीय कार्यालयले उनलाई निलम्बन गरी छानबिन प्रक्रियालाई अगाडि बढाएको छ ।

प्रारम्भिक आंकलनअनुसार बैंकमा खाता रहेका विभिन्न व्यक्तिको नामबाट रकम निकालेर श्रीमतीको नाममा बाहिर लगेको करिब ५० लाख रकमबारे सूचना बाहिर आएपछि उनी सम्पर्कविहीन भएका हुन् । विभिन्न ग्राहकले जम्मा गरेको ५० लाख रुपैयाँ कनेक्ट आइपीएसबाट अपचलन गरेको र यही विषयलाई आधार मानेर केन्द्रीय कार्यालयले उनलाई निलम्बन गरेको हो ।

न्यौपानेले प्रयोग गर्दे आएको मोबाइल स्विच अफ छ । कालिकोट तिलगुफा नगरपालिका–५ का ३२ वर्षीय न्यौपाने हाल बाँके जानकी गाउँपालिका–३, कोरिएनपुर बस्दै आएका छन् ।उनले गरेका अपचलन केन्द्रीय कार्यालयले सूचना पाएपछि काठमाडौंबाट छानबिन गर्न अनुसन्धान टोली जानुअघि उनी सम्पर्कविहीन भएका हुन् ।

न्यौपानेले कति रकम हिनामिना गरेका रकमको यकिन भने भैसकेको छैन् । सो कुरा अनुसन्धान पश्चात मात्र मात्रै भन्न सकिने बैकले जनाएको छ । यसअघि नेपाल बैंकको सुर्खेतस्थित वीरेन्द्रनगरको शाखामा कार्यरत न्यौपानेलाई गत चैत २४ गते गुलेरिया शाखाको म्यानेजरको बनेर आएका हुन् ।

विगतमा विरेन्द्रनगरकै शाखामा रहँदा पनि उनको रेकर्ड भने राम्रो थिएन् त्यहाँ पनि उनले रकम हिनामिना गरेको कुरा बाहिरिएको थियो ।न्यौपाने रकम हिनामिना गरी सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रहरी कार्यालय बर्दियामा नेपाल बैंकले जाहेरी दिएपछि न्यौपानेको खोजी गरिएको थियो ।

उता न्यौपानेको खोजीका लागि परिवारले समेत जाहेरी लिएर साउन १४ गते नै जिल्ला प्रहरी कार्यालयमा पुगे पनि साउन १८ गते मात्रै दर्ता भएको थियो । अनुसन्धान सकिएपछि केन्द्रीय कार्यालयले बैंकिङ अपचलन मुद्दामा उनलाई कारबाही गर्ने तयारी गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद