Media Network

ललितपुर परिसरमा डीएसपी राईलाई पठाइयो


खबरस्टोरी संवाददाता

१९ पुष २०८०,बिहीबार

काठमाडौँ । जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुधीर राईलाई सरुवा गरिएको छ।गत शुक्रबार ईपीएस कार्यालयमा भएको आन्दोलनका क्रममा गोली चलाउँदा दुई युवाको ज्यान गएपछि ललितपुर परिसरमा कार्यरत डीएसपी उमेश लम्साललाई निलम्बन गरिएको छ।

दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको भोलिपल्ट लम्साललाई निलम्बन गरिएको थियो। उक्त स्थानमा राईलाई पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए। ईपीएस कार्यालयका प्रमुख गुरुदत्त सुवेदी, डीएसपी लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी सहायक निरीक्षक (असई) बोधराज दनुवारलाई निलम्बन गरिएको छ। ईपीएस कार्यालयमा भने अहिलेसम्म कसैलाई पठाइएको छैन। 

यस्तै उक्त घटनाका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई पनि जिम्मेवारीबाट तानिएको छ।पण्डित गृह मन्त्रालयमा र एसएसपी शाह प्रहरी हेडक्वाटर तानिएका छन्। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद