Media Network

मन्त्रीको गाडी आगजनी घटनामा ७३ जना पक्राउ


खबरस्टोरी संवाददाता

१३ पुष २०८०,शुक्रबार

काठमाडौं । ललितपुरको ग्वार्कोमा मन्त्रीको गाडी आगजनी गरेको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ ।शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

इपिएसका परीक्षार्थीहरूले मन्त्री ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।बल प्रयोग गर्दा घाइते भएका एक जनाको इमाडोलस्थित किष्ट अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

राउतको छातीमा निलडाम देखिएको छ ।अस्पताल पुर्‍याएपछि उनलाई ४५ मिनेट जति सिपिआर दिइएको थियो । जुम्लाका राउत अहिले भक्तपुर क्षेत्रमा बस्दै आएका थिए ।अर्को एक जना पनि घाइते भएका छन् । उनको उपचारको लागि पाटन अस्पतालमा लगिएको छ ।

प्रहरीले अझै पनि घटनामा संलग्नको खोजी गरिरहेको छ। प्रहरीले आन्दोलनकारीमाथि अश्रुग्यास र गोलीसमेत चलाएको थियो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद