Media Network

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता

८ भाद्र २०७९,बुधबार

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका २ हङकङ डाँडामा गएराती मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २२ वर्षीय अञ्जन बलमपाकी रहेका छन । 

उपचारका क्रममा आज बिहान सवा ८ बजे किष्ट अस्पताल ललितपुरमा उनको मृत्यु भएको हो । 

गएराती सवा १२ बजे औरहीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५७०६ नम्बरको मोटरसाइकल रोकेर, शौच गर्दै गरेका बलमपाकीलाई नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिएको हो । फरार रहेको मोटरसाइकलमा पछाडी सवार महोत्तरीको गौशाला नगरपालिका १ का २४ वर्षीय अशोक राउतलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान भैरहेको छ ।

 दुर्घटना पश्चात मोटरसाइकल लिएर फरार रहेका दुई जनाको भने खोजी भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद