Media Network

म्याग्दीमा सात वर्षीया बालिका बलात्कृत


खबरस्टोरी संवाददाता

२ भाद्र २०७९,बिहीबार

काठमाडौँ। म्याग्दीमा एक जना ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–४ हरियाली चोक बस्ने ४८ वर्षीय कमल घतानेलाई बुधबार पक्राउ गरको छ । 

घतानेले ती बालिकालाई गत साउन ३१ गते दिउँसो बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिगातातोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद