Media Network

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी अमेरिका जाने


खबरस्टोरी संवाददाता

१ भाद्र २०७९,बुधबार

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक एकैपटक अमेरिका जाने भएका छन् । अमेरिकामा हुने विश्वभरीका प्रहरीहरुको सम्मेलनमा भाग लिन दुवै महानिरीक्षक भदौ तेस्रो साता भ्रमणमा जान लागेका छन् ।

यूएनकप्स भनिने संयुक्त राष्ट्र संघले आयोजना गर्ने यस्तो सम्मेलन हरेक वर्ष हुने गरेको छ । आगमी १५ र १६ भदौमा राष्ट्रसंघको मुख्यालयमा सम्मेलन हुँदैछ । सम्मेलनमा विभिन्न देशका गृहमन्त्री, प्रहरी प्रमुख र उच्च सुरक्षा अधिकारीले विश्वका सुरक्षा चुनौती र त्यसविरुद्धको सहकार्यको विषयमा छलफल गर्नेछन् ।

यस्तो सम्मेलनमा द्वीपक्षीय छलफलहरु समेत हुने गरेको छ। एकै दिन आइजिपी भएका धिरजप्रताप सिंह र राजु अर्यालको यो पहिलो विदेश भ्रमण हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद