Media Network

नेपाल प्रहरी श्रीमती संघको वार्षिकोत्सव कार्यक्रम सम्पन्न


खबरस्टोरी संवाददाता

५ भाद्र २०७९,आईतवार

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती संघको ३८ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मन्त्री रेग्मीले पानसमा दिप प्रज्वलन गरी उद्‍घाटन गर्नुका साथै संघबाट प्रकाशित वार्षिक स्मारिका “सहचरी“ को विमोचन गरेकी छन् ।  

उक्त अवसरमा मन्त्री रेग्मीले संघलाई निरन्तर रूपमा सहकार्य गरी विभिन्न समाजसेवामूलक कार्यमा उल्लेखनीय सहयोग पु¥याउने राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपालका अध्यक्ष पाण्डव हमाल र सहअध्यक्ष सुवास न्यौपाने, चितवन मेडिकल कलेज भरतपुर चितवनका सिइओ प्रताप देवकोटा, कलेज अफ मेडिकल साइन्स भरतपुरका डा. सुदिप राज केसी, एभरेष्ट कलेज, प्रिमियर कलेज, कोलम्बस कलेज, काठमाडौं नेशनल कलेज र वेदाज कलेजका संचालक विष्णुहरी पाण्डे तथा लर्ड बुद्ध एकेडेमी फाउन्डेसनका संचालक पंकज जलानलाई प्रशंसापत्र प्रदान गरिन् । 

समारोहमा प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला फुटबल टिमलाई पहिचान दिलाउन महत्वपूर्ण योगदानको कदर गर्दै एन्फा उमेन एशोशिएसनकी अध्यक्ष पेमा डोल्मा लामा तथा फरक रूपमा सक्षम बालबालिकाहरूलाई अर्न्तदृष्टि संस्थामार्फत सेवा पु¥याँउदै आएका अन्र्तदृष्टि नेपालका संचालक नन्दा सिंहलाई प्रशंसापत्र प्रदान गरे ।   

यस्तै, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंहले कर्तव्यपालनाको सिलसिलामा अमर प्रहरी हवल्दार मनोज कुमार र श्रीमती आरती हमालका सुपुत्र हार्दिक हमाललाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । साथै संघकी अध्यक्ष कुसुम लता सिंह र डीभीएम कलेजका संचालक अनिल केडियाले ललितपुर थसीखेल बस्ने आदित्य अधिकारीलाई प्लस टु अध्ययनका लागि पूर्ण दिवा छात्रवृत्ति प्रदान गरे ।  

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुली, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा पूर्व अध्यक्ष एवम् पूर्व पदाधिकारीहरु, नेपाली सेना र सशस्त्र प्रहरी महिला संघका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद