Media Network

नेपाली सेनाका उपरथी थापा रथीमा बढुवा सिफारिस


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौं । किर्ते कागजातको आरोप लागेका उपरथी निर्मलकुमार थापालाई नेपाली सेनाले रथीमा बढुवाका लागि सिफारिस गरेको छ ।नेपाली सेनाको बढुवा सिफारिस समितिले बुधबार किर्ते कागजातको आरोप लागेका थापालाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

रथी सिताराम खड्का अनिवार्य अवकासमा गएपछि रिक्त भएको पदमा थापालाई बढुवा गर्न लागिएको हो । थापा हाल राष्ट्रसंघीय शान्ति मिसन सिरियामा फोर्स कमाण्डरको रुपमा कार्यरत छन् ।थापाविरुद्ध कुनै दाबी विरोध वा उजरी भए बढुवा समितिमा ७ दिन भित्रमा दिन नेपाली सेनाले आह्वान गरेको छ । उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोप छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद