Media Network

नियन्त्रित तथा प्रतिबन्धित औषधिहरूको कारोबार गरेको अभियोगमा पक्राउ


खबरस्टोरी संवाददाता

१५ भाद्र २०७९,बुधबार

काठमाडौं। नियन्त्रित तथा प्रतिबन्धित औषधिहरूको कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका सामाखुसीमा फार्मेसी सञ्चालन गरी बस्ने गोरखा सिलुकोट नगरपालिका–९ घर भएका २९ वर्षीया सुस्मा थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सुस्माले सञ्चालन गरेको फार्मेसीमा नेपालमा नियन्त्रित तथा प्रतिबन्धित औषधिहरूको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त फार्मेसीमा तलासी गर्दा ती औषधिहरू फेला पारी उनलाई पक्राउ गरेको हो ।  

उनको फार्मेसीबाट प्रहरीले Tramadol Hydrocloride ८ सय १० ट्याब्लेट, Dicyciomine Hydrochloride ९ सय ८० ट्याब्लेट, Dextromethoraphan Hydrochloride २ सय ६५ ट्याब्लेट, Stagan ५ सय ३१ ट्याब्लेट, Gabix-75 pregablin १ सय ४२ ट्याब्लेट, Zenegra २४ ट्याब्लेट, Chorpheniramine Sinex ८० ट्याब्लेट, एल्मास्क १ सय ६५ ट्याब्लेट,  Alcal २ सय ७० ट्याब्लेट, प्रेग्नेन्सी टेस्ट किट ४० पिस, एन्थेल्जा ४० पिस, मास्क २३ बन्डल, Stayfree ४० बन्डल, डाईपर २ बन्डल, Bustop ३ बोतल,  Detuss २ बोतल, Dj-citral १ बोतल, CTZ ४ बोतल, NS सोडियम १ बोतल, Flexon २ बोतल, Multiplex ६ बोतल, Supramox ४ बोतल, Argel १० वोतल, Rhinex २ बोतल,  Sinex ८० पिस,  सन्चो १० पिस, गुल्कोज सानो ४ पिस र डिटोल १ बट्टा बरामद गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद