आईजीपी सिंहसँगै उनको भ्रमण टोलीमा सचिवालयका एसपी सविन प्रधान पनि छन् । अर्यालसँग सशस्त्र प्रहरी निरीक्षक केदार सापकोटा अमेरिका प्रस्थान गरेका छन् ।
न्यूयोर्कमा आयोजित कार्यक्रम १५ देखि १७ भदौसम्म चल्नेछ ।
सम्मेलनमा संयुक्त राष्ट्र संघको शान्ति सेना, अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि संयुक्त राष्ट्र संघका प्राथमिकता लगायतका विषयमा छलफल हुने भनिएको छ ।
दुवैको अनुपस्थितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निमित्त प्रहरी प्रमुखको जिम्मेवारी क्रमशः सहकुलबहादुर थापा र नारायणदत्त पौडेलले सम्हाल्नेछन्।